My Blogs

सामाजिक संजाल
March 23, 2026
Gopal Nepal

सामाजिक संजाल

यहि मिति २०८० साल फाल्गुण २२ गते मंगलबार बेलुका ९ बजे तिर विश्वव्यापि रुपमा मेटाका प्लेटफर्महरु डाउन भई करिव डेढ घन्टा पछि पुन संचालनमा आएको थियो ।यो कुनै नौलो बिषय होईन यस अघि २०१७ मा  फेसबुक इन्स्टाग्राम र ह्वाट्सएप ६ घन्टा बढि समय र २०१९ मा १४ घन्टाभन्दा बढि सामय अवरुद्ध भएको थियो ।त्यतिबेला फेसबुकले त्यसलाई नेटवर्किङ सम्वन्धि समस्या भएको बताएको थियो । विश्वले मंगलबार राति  ९ बजे पछि करिव डेढ घन्टा अनौठो महसुस गर्यो ।सूचना प्रविधिको द्रुतगत विकास संगै सारा विश्वलाई सूचना प्रविधिले कसरी एउटा विश्वव्यापि गाउँ  र त्यस गाउँ भित्रका परिवारका सदस्यका रूपमा जोडेको रहेछ भन्ने यो भन्दा गतिलो उदाहण अरु के नै हुन सक्छ र ? विश्वका ३.०३ अर्व मानिसले सामाजिक संजाल फेसबुक प्रयोग गर्ने गर्दछन । ५.३५ अर्व इन्टरनेट प्रयोग कर्ता रहेका छन् । इन्टरनेट र सामाजिक संजाल हरेक व्याक्तिको जिवनमा अभ...