My Blogs

अनेरास्ववियुले मसाल जुलुस निकाल्दै भन्यो ‘मुठभेड निम्त्याउने खेल किमार्थ स्वीकार्य छैन।
November 21, 2025
Akhil

अनेरास्ववियुले मसाल जुलुस निकाल्दै भन्यो ‘मुठभेड निम्त्याउने खेल किमार्थ स्वीकार्य छैन।

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले बिहीबार साँझ काठमाडौंमा मसाल जुलुस निकालेको छ । सरकारले दललाई निषेध गर्न खोजेको भन्दै अनेरास्ववियुले बिहीबार साँझ काठमाडौंको मीनभवन क्याम्पस बाहिर मसाल जुलुस निकालेको हो । उक्त मसाल जुलुस पश्चात कोणसभालाई सम्वोधन गर्दै अनेरास्ववियु अध्यक्ष दिपक धामिले सरकारलाई कडा चेतावनी दिँदै भने "निषेध र प्रतिशोधको राजनीति तुरुन्त बन्द गर!" हिजो सिमरामा देखिएको घटना सहितका पछिल्ला गतिविधिले सरकार निर्वाचनको वातावरण बनाउन होइन, प्रतिशोध र निषेधतिर लागिरहेको हाम्रो पुष्टि गर्छ अध्यक्ष धामिले भने । नेताहरूलाई स्थान हद गर्ने, राजनीतिक गतिविधिमा रोक लगाउने यो हर्कत एकदमै अलोकतान्त्रिक र अस्वीकार्य छ। जनतालाई सुरक्षा दिनुपर्ने सरकारले बरु असुरक्षाको वातावरण सिर्जना गर्ने प्रयास गरिरहेको छ। आगामी कार्...