अखिल ओखलढुंगा-काठमाडौ सम्पर्क कमिटीले गर्यो एसईई उत्तीर्ण विध्यार्थीलाई सम्मान

KhojNepal Online|July 12, 2025
अखिल ओखलढुंगा-काठमाडौ सम्पर्क कमिटीले गर्यो एसईई उत्तीर्ण विध्यार्थीलाई सम्मान

काठमाडौं । अनेरास्ववियु ओखलढुंगा-काठमाडौ सम्पर्क कमिटी द्वारा SEE उत्तीर्ण विध्यार्थीलाई सम्मान तथा परामर्श कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रीय अध्यक्ष क. डा. सुजन कडरियाको प्रमुख आतिथि तथा नेकपा एमाले केन्द्रीय सदस्य एवं ओखलढुंगा इन्चार्ज माननीय यज्ञराज सुनुवारको प्रमुख वक्ता रहनु भएको थियो ।

Blog image

कार्यक्रममा ओखलढुंगा जिल्लाबाट अनेरास्ववियु केन्द्रीय सचिव पदमा निर्वाचित क. गोपाल नेपाल , सचिबालय सदस्य पदमा निर्वाचित क. रुद्रहरी पोखरेल , लेखा आयोग सदस्य क. सन्देश भट्टराई लगायत विभिन्न जनसंगठनका पदाधिकारी एवम् सदस्यहरुलाइ बधाई तथा सम्मान समेत गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता ओखलढुंगा-काठमाडौ सम्पर्क कमिटी अध्यक्ष खम्बध्वज बस्नेत (सुजन)ले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै अनेरास्ववियु अध्यक्ष डा. कडरियाले विद्यार्थीहरुले विद्यार्थी संगठनको योगदान र समर्पणको बारेमा अध्ययन गर्नु पर्ने र बुझ्नु पर्ने बताउँदै विद्यार्थी संगठनले मात्र राजनीतिक चेतनाको अभिवृद्धि गर्न सक्ने बताउनुभयो । उहाँले सबै विद्यार्थीलाई अनेरास्ववियुमा गोलबद्ध हुन समेत अनुरोध गर्नुभयो ।

त्यस्तै संगठनका सचिव गोपाल नेपालले विद्यार्थी संगठन राजनीतिक चेतनाको अध्ययन गर्ने थलो भएको बताउँदै विद्यार्थी संगठन बिनाका पार्टी पानी बिनाको खोला र भूइँ छोडेको पहाड र हिमाल जस्तै भएको बताउनु भयो ।

Blog image

त्यस्तै कार्यक्रम तथा कमिटीका अध्यक्ष बस्नेतले जबसम्म नेपालको शैक्षिक प्रणाली परिवर्तन हुँदैन तव सम्म हामी विश्व बजारमा प्रतिस्पर्धा गर्न लायक नहुने बताउँदै अनेरास्ववियुको आन्दोलन यस तर्फ जानुपर्ने बताउनुभयो ।

Blog image