पदाधिकारी बैठक बस्यो दिपक धामी अध्यक्ष र अन्जना सिवाकोटी महासचिब
Akhil |November 17, 2025
काठमाडौं । नेकपा एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको पदाधिकारी बैठकले डा. सुजन कडरियाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल कमर्श क्याम्पसमा बसेको बैठकले महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।
उनका अनुसार बैठकले उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव र विकास श्रेष्ठलाई उपाध्यक्ष कायम राख्ने निर्णय पनि गरेको छ । जेनजी आन्दोलनमा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै कडरियाले राजीनामा घोषणा गरेका थिए ।
पदाधिकारीको निर्णय सचिवालय हुँदै केन्द्रीय कमिटीबाट अनुमोदन गर्नुपर्ने हुन्छ । सचिवालय मङ्सिर ४ गतेलाई बोलाएको नेता नेपालले जानकारी दिए ।