२१औं सम्मेलनद्वारा नविन नेतृत्व चयन, अनेरास्ववियु वाल्मीकि क्याम्पसमा नयाँ जोश
काठमाडौं — अनेरास्ववियु वाल्मीकि क्याम्पस कमिटीको २१औं क्याम्पस सम्मेलन सम्पन्न भई नविन उपाध्यायको अध्यक्षतामा १९ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ। विद्यार्थी आन्दोलनलाई सशक्त बनाउँदै संगठनको विस्तार र सुदृढीकरण गर्ने लक्ष्यसहित यो नयाँ नेतृत्व चयन गरिएको हो।
उद्घाटन समारोह क्याम्पस कमिटी संयोजक नविन उपाध्यायको अध्यक्षतामा तथा अनेरास्ववियुका महासचिव दीपक धामीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। उक्त समारोहमा अनेरास्ववियु केन्द्रीय सचिव गोपाल नेपाल, निर्वाचन आयोग अध्यक्ष जित प्रसाद सिटौला,सचिबालय सदस्य कविराज घिमिरे, सचिवालय सदस्य समिर रिजाल, सचिवालय सदस्य विशाल खड्का लगायत विद्यार्थी प्रतिनिधिहरू, गुरुवर्ग तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटन सत्र पश्चात बन्द सत्रमा प्रवेश गरियो, जसमा अध्यक्षमण्डलको रूपमा खिलचन्द्र गौतम, विवेक सापकोटा र अनुप ढुङ्गेलले संयोजन गरे भने निर्वाचन समिति संयोजकको जिम्मेवारी दुर्गा घिमिरेले सम्हाल्नुभयो। बन्द सत्रको प्रमुख अतिथिका रूपमा अनेरास्ववियु केन्द्रीय सचिव गोपाल नेपालको विशेष उपस्थिति रहेको थियो।
नवगठित कमिटीको पदाधिकारीहरू निम्नानुसार चयन भएका छन्:
अध्यक्ष: नविन उपाध्याय
उपाध्यक्ष: साजन सिग्देल
उपाध्यक्ष: आयुष सत्याल
सचिव: तपन भट्टराई
सह–सचिव: अभिषेक सिग्देल
सह–सचिव: विशाल आचार्य
कोषाध्यक्ष: दिक्षित अर्याल
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई अनेरास्ववियु केन्द्रीय सचिव गोपाल नेपालले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो।
नव–निर्वाचित अध्यक्ष नविन उपाध्यायले धन्यवाद मन्तव्य दिँदै सार्वजनिक शिक्षा, शैक्षिक न्याय र विद्यार्थी हकहितका सवालमा संगठनलाई अझ जनमुखी, सशक्त र जिम्मेवार बनाउने प्रतिबद्धता व्यक्त गरे।
सम्मेलनमा संयोजक नविन उपाध्याय द्वारा प्रस्तुत राजनैतिक, साङ्गठानिक र आर्थिक प्रतिवेदन माथि दफाबार छलफल गर्दै प्रतिनिधिहरुले संगठन सुदृढीकरण, शैक्षिक सुधार, सार्वजनिक शिक्षाको संरक्षण, समावेशिता तथा समसामयिक विद्यार्थी मुद्दाका विषयमा गहन छलफलहरू गरेका थिए। कार्यक्रममा विभिन्न तहका प्रतिनिधिहरू, पूर्व नेताहरू, शिक्षाविद्हरू तथा शुभेच्छुकहरूको सक्रिय सहभागिता रहेको थियो।
२१औं क्याम्पस सम्मेलनले नयाँ ऊर्जा, स्पष्ट दृष्टिकोण र समर्पित नेतृत्वमार्फत अनेरास्ववियु वाल्मीकि क्याम्पसलाई अझ सशक्त बनाउन महत्वपूर्ण जग बसालेको विश्वास गरिएको छ।