सामाजिक संजाल
यहि मिति २०८० साल फाल्गुण २२ गते मंगलबार बेलुका ९ बजे तिर विश्वव्यापि रुपमा मेटाका प्लेटफर्महरु डाउन भई करिव डेढ घन्टा पछि पुन संचालनमा आएको थियो ।यो कुनै नौलो बिषय होईन यस अघि २०१७ मा फेसबुक इन्स्टाग्राम र ह्वाट्सएप ६ घन्टा बढि समय र २०१९ मा १४ घन्टाभन्दा बढि सामय अवरुद्ध भएको थियो ।त्यतिबेला फेसबुकले त्यसलाई नेटवर्किङ सम्वन्धि समस्या भएको बताएको थियो ।
विश्वले मंगलबार राति ९ बजे पछि करिव डेढ घन्टा अनौठो महसुस गर्यो ।सूचना प्रविधिको द्रुतगत विकास संगै सारा विश्वलाई सूचना प्रविधिले कसरी एउटा विश्वव्यापि गाउँ र त्यस गाउँ भित्रका परिवारका सदस्यका रूपमा जोडेको रहेछ भन्ने यो भन्दा गतिलो उदाहण अरु के नै हुन सक्छ र ?
विश्वका ३.०३ अर्व मानिसले सामाजिक संजाल फेसबुक प्रयोग गर्ने गर्दछन । ५.३५ अर्व इन्टरनेट प्रयोग कर्ता रहेका छन् । इन्टरनेट र सामाजिक संजाल हरेक व्याक्तिको जिवनमा अभिन्न अंग बनेका छन । एक अर्थमा हेर्दा सबै क्षेत्र, उमेर समुह, सबै पेशाले प्रयोग गर्न सक्ने सहज माध्यमको रुपमा सामाजिक सन्जाल विकसित भएकाले यसलाई सबैको साथि भन्दा पनि फरक पर्दैन । सुचना र प्रविधिमा क्रान्तिको रुपमा चित्रण गरिने सामाजिक सन्जाललाई हेर्ने दृष्टिकोण पछिल्लो समय बदलिएको छ । जसले गर्दा यसको सामाजिक असरहरुमा पुर्नविचार गर्न आवश्यक देखिएको छ ।
सामाजिक संजाल र केहि नकारात्मक पक्ष हेरौ,
तनाब
मुड
चिन्ता
मानसिक चिन्ता वा डिप्रेसन
सम्वन्ध आत्मियताको संकट
निन्द्रा
युवाहरुमा अनियनत्रित रुपमा लत
अश्लिलता प्रदर्शन गर्ने कार्यले नैतिकतामा ह्रास आएको छ ।
स-साना बालबालिकाहरुलाई यु ट्युब नदेखाई खाना खुवाउन नसकिने भएको छ ।
बढ्दो सामाजिक संजालको प्रयोगले आखामा समस्या देखिएको छ ।
पछिल्लो समयमा सामाजिक सन्जालको नकरात्मकताको मात्र चर्चा हुने गरेको छ । तर सुचना र प्रविधिको क्षेत्रमा छोटो समयमा धेरै लोकप्रियता कमाएका सामाजिक सन्जालका सकरात्मक पाटाहरुको बहश र प्रसार हुन पनि उत्तिकै जरुरी छ । हरेक समस्याले समाधान खोज्न उत्प्रेरणा दिन्छ । सामाजिक सञ्जाल आधुनिक समयको उपज हो । समयलाई कसैले पनि नियन्त्रण गर्न सक्दैन । संसार बदल्नुभन्दा पहिला आफू बदलिने प्रयास गरियो भने निश्चय नै त्यसको परिणाम सकारात्मक हुन्छ ।सामाजिक संजाललाई आफ्नो निहित स्वार्थ र मनोरञ्जनात्मक साधनको रूपमा मात्रै प्रयोग नगरेर उत्पादनशिल बिषयमा उपयोग गर्नु पर्दछ । आफ्नो अध्ययन र अनुसन्धानको दायरालाई फराकिलो बनाउँदै आफ्नो कृयाशिलता र लगनशिलतालाई रचनात्मक काममा खर्च गर्दै हाम्रा सत्कर्महरुमा प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नु पर्दछ ।
अनलाइन सूचना र सामाजिक सञ्जाल सूचना आदानप्रदान, जानकारी र सिकाइको महत्त्वपूर्ण माध्यम हो। उदारहरणको रूपमा पछिल्लो लकडाउन अवधिमा यसलाई नै प्लेटफर्म बनाएर विभिन्न सञ्जालमा माध्यमहरुको प्रयोगले शिक्षण सिकाइ, छलफल, अन्तरक्रिया, सेमिनार र विश्वविद्यालयका समेतका महत्त्वपूर्ण कार्यसम्पादन समेत सम्पन्न गरिए जुन यसको असाध्यै सकारात्मक पक्ष रह्यो। सामाजिक संजालको माध्यमबाट नयाँ पुस्ता राष्ट्र निर्माणको मेरुदण्ड , युवा जोश होस् भविष्यको ईनर्जाईजर बन्न सक्नु पर्दछ ।
सामाजिक सन्जालको सकरात्मक पक्षहरूलाइ यसरि व्याख्या गर्न सकिन्छ ।
बिचार,भावना ज्ञान, अनुभव र असल अभ्यासको आदन प्रदान गर्ने थलोको रुपमा विकास गर्नु पर्दछ ।
सामाजिक संजाल आफै असामजिक बन्दै गईरहेको सन्दर्भमा संजाललाई समाजको जनचेतना फैलाउन प्रयोग गर्नु पर्दछ ।
भाईरल हुनु मात्रै ठुलो कुरा होईन हामिले हाम्रो समाजमा सदियौ देखि कायम रहेको सामाजिक सद्भाव एकता हार्दिकता लाई कायम राख्दै सूचना प्रविधिको प्रयोग गर्दा मर्यादा सिष्टता सम्मान लाई ध्यान दिनु पर्दछ ।
जनपहिचान बढाउने
अनुसन्धान कार्य गर्न सकिने
आफ्ना बिचार राख्ने र अर्काको बिचार ग्रहण गर्ने
रचनात्मक र सिर्जनात्मक क्षमतालाई बढाउन मद्धत पुर्याउने
सामाजिक रुपाण्तरणमा सामाजिक संजालको प्रयोग बढाउन सकिने
आफु र अरुलाई सन्तुष्टि दिलाउन सकिने
सामाजिक संजाल समस्या होइन समाधान हो भनेर बुझ्नु पर्दछ ।इन्टरनेट एक प्रविधि भए पनि मानिसको आवश्यकता बन्दै सस्कारमा जोडिन पुगेको छ । त्यसैले सञ्जाललाई आफ्ना विचार, भावना र अनुभव आदानप्रदान गर्न, नयाँ प्रविधि र सिकाइ प्राप्त गर्न, आफ्नो लगनशीलता र काममा श्रेष्ठता हासिल गर्न र राष्ट्र हितमा प्रयोग गर्न सकिन्छ। संजाललाई समाजको जनचेतना बढाउन र वृहत्तर हितमा उपयोग गरौं। साइबर सुरक्षामा चनाखो र सतर्कता कायम राखौं।
(कम्प्युटर विज्ञान तथा सूचना प्रविधी केन्द्रीय विभाग किर्तिपुरमा अध्ययनरत )