अनेरास्ववियु केन्द्रीय कानून तथा संघिय मामिला विभाग द्वारा आयोजित सुवासचन्द्र नेम्वाङ स्मृति राष्ट्रीय अभ्यास अदालत कार्यक्रम सम्पन्न भएको छ ।भाद्र २६ गते देखि ललितपुरको के एम सि कलेजमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि नेपाल ल क्याम्पसले प्राप्त गरेको छ । कार्यक्रमको उपविजेता र उत्कृष्ट बहसनोटको उपाधि ब्राइट भिजन कलेज बिराटनगरले प्राप्त गरको छ । बिजेतालाई क्रमश प्रथमलाई रू पचास हजार र द्वितीय लाई रु पच्चिस हजारको साथमा ट्रफि , मेडल र प्रमाण पत्र प्राप्त गरेका छन्।पुरस्कार वितरण तथा समापन कार्यक्रममा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वि सुब्बा गुरुङ ,नेकपा एमाले केन्द्रीय सदस्य रचना खड्का , पि पि एल ए अध्यक्ष भोजराज आचार्य, लगायत अतिथीहरुको उपस्थिति रहेको थियो । बिजेताहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वि सुब्बा गुरुङ ज्यू ले पुरस्कार वितरण गर्नु भएको अनेरास्ववियु कानून विभाग प्रमूख गोपाल नेपालले बताउनु भयो।पुरस्कार समारोहमा बोल्दै मन्त्री गुरुङले विद्यार्थीले आफ्नो अध्ययनको दायरा फराकिलो बनाउँदै कानूनि तथा न्याय क्षेत्रको दक्ष जनशक्तिको रुपमा स्थापित हुँदै न्यायिक क्षेत्रको उच्च तहमा पुग्न सुभकामना दिए । शक्ति सन्तुलन तथा पृथकिकरणको सिद्धान्त बमोजिम बेला बेला न्यायपालिकाको निर्णयले कार्यपालिकालाई र विकास निर्माणको कार्यलाई अप्ठ्यारो परेको भन्दै यसमा सबै सजग हुनु पर्ने मन्त्रि गुरुङले भने ।