भाद्र २६, ललितपुर, अनेरास्ववियु केन्द्रीय कानून तथा संघीय मामिला विभागले सुवासचन्द्र नेम्वाङ स्मृती अभ्यास अदालत प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा विभिन्न विश्वविद्यालयको विभिन्न क्याम्पसहरुबाट १५ वटा टिमका ६० जना विद्यार्थिले सहभागीता जनाएका छन। प्रतियोगिता सुवासचन्द्र नेम्वाङको प्रथम स्मृती दिवसको अवसरमा भाद्र २६ गते ललितपुरमा अवस्थित के एम सि कलेजमा एक औपचारिक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ । उद्घाटन समारोह अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यता थियो भने पूर्व कानून मन्त्री संविधान सभा सदस्य माननीय अग्नि खरेल प्रमुख वक्ताको रुपमा रहनु भएको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य मा. अच्युत मैनाली, नेकपा(एमाले) केन्द्रीय सदस्य किशोर विक्रम मल्ल लगायत ७ वटै प्रदेशको प्रतिनिधित्व गर्दै आउनु भएका विद्यार्थिहरु लगायतको उपस्थिती रहेको थियो ।अभ्यास अदालत प्रतियोगिता भाद्र २८ गते सम्म ३ दिन चल्ने अनेरास्ववियु कानुन विभागका प्रमुख गोपाल नेपालले बताए। सुवास नेम्वाङ कुनै एउटा विशेष जाती क्षेत्र र वर्गको मात्र नेता नभइ सम्पूर्ण नेपालीको साझा नेता हुनुहुन्थ्यो भने नेपालको कानुनी, न्याय तथा संसदीय क्षेत्रमा समन्वयनकारी भुमिका निर्वाह गर्न सक्नु हुने र समस्यालाई निचोड दिन सक्ने व्यक्तित्व भएकाले उहाँप्रति सम्मानका लागी यो कार्यक्रम आयोजना गरिएको प्रमुख नेपालले बताउनु भयो ।
सुवासचन्द्र नेम्वाङसंग जोडिएका धेरै पाटाहरुको सन्दर्भमा चर्चा गर्दै सुवास नेम्वाङलाई हेरेर कानूनी क्षेत्रका विद्यार्थीहरु बढ्न सके सजिलै सफलता हात पार्न सकिने पूर्व कानुन मन्त्री अग्नि खरेलले बताउनु भयो ।
अनेरास्ववियु अध्यक्ष समिक बडालले सुवास नेम्वाङले हामी व्यवस्था परिवर्तनको लागी देश दुनियाँको परिवर्तनको लागि आन्दोलनको अग्रमोर्चामा रहदा तत्कालीन शाही सरकारले गिरफ्तार गर्दा हाम्रो पक्षमा वकालत गर्नु भएको स्मरण गर्दै उहाँले देखाउनु भएको बाटोमा अगाडि बढ्नु पर्ने बताउनु भयो ।