विद्यार्थीको उत्सव- विद्यार्थी महोत्सव २०८१
सबैको समान पहुँच भएको, समाज तथा जीवन संग जोडिएको र समय अनुरुप अनुमोदित हुने, बिश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय शिक्षा नीति अवलम्बन गर्दै “उद्यमशील शिक्षित युवा” को नीति लाई कार्यान्वयन गराउन परिवर्तित युग संगै विद्यार्थी आन्दोलनको सान्दर्भिकता लाइ थप पुष्टि गर्दै अनेरास्ववियु केन्द्रीय कमिटीको आयोजनामा बिद्यार्थी अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराउन विद्यार्थी महोत्सव २०८१ ( जेठ १,२ र ३) भृकुटीमण्डपमा सम्पन्न भएको छ ।
- विद्यार्थी आन्दोलनलाई निर्माण र सिर्जनाको बाटोमा लैजाने प्रयास
- ज्ञान र मनोरञ्जनलाई एकसाथ
- विद्यार्थी आन्दोलनको सान्दर्भिकतालाई पुनर्पुष्टी
- सुझबुझ पुर्ण नेतृत्व, इमान्दार लगनशिल नेता कार्यकर्ताको वल सानदार कार्यक्रम सम्पन्न